Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दै

शनिवार , माघ ३, २०८२

काठमाडौं । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता प्राप्त गरेसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बस्दैछ ।

बैठक बिहान ११ः३० बजे नयाँ बानेश्वरमा बस्नेछ । निर्वाचन आयोगले कांग्रेसको वैधानिकता गगन थापा नेतृत्वको पक्षलाई दिएको भोलिपल्टै सभापति थापाले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका हुन् ।

पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति चयन गर्दै पार्टीको नयाँ नेतृत्व निर्वाचित गरेको थियो।

यसैबीच, शेरबहादुर देउवा पक्षले पनि पार्टीको आधिकारिकता दाबी गर्दै आएको भए तापनि निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिएको हो ।

आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकलाई नयाँ नेतृत्वको पहिलो औपचारिक निर्णयमूलक बैठकका रूपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077