Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवा पक्षलाई गगनले भने - अब पक्ष–विपक्षको राजनीति त्यागेर एकढिक्का हुनुपर्छ

देउवा पक्षलाई गगनले भने - अब पक्ष–विपक्षको राजनीति त्यागेर एकढिक्का हुनुपर्छ

शनिवार , माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न असन्तुष्ट शेरबहादुर देउवा पक्षलाई आग्रह गरेका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले पार्टीको वैधानिकतासम्बन्धी विवाद निर्वाचन आयोगले टुंग्याइसकेको भन्दै अब पक्ष–विपक्षको राजनीति त्यागेर एकढिक्का हुनुपर्ने बताए ।

सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक तथा संरक्षकको भूमिकामा अघि आएर एकताको नेतृत्व गर्न आग्रह गरे।

सानेपामा भइरहेका समानान्तर गतिविधिप्रति संकेत गर्दै उनले देउवालाई देशभरका नेता–कार्यकर्तालाई अब विवाद अन्त्य भएको स्पष्ट सन्देश दिन अनुरोध गरे।

‘एक चरणसम्म हाम्रा विमतिहरू रहे, तर अब निर्णय भइसकेको छ। अब रोक, सकियो भनेर सबैलाई आह्वान गरिदिनुपर्छ,’ थापाले भने।

देउवाले अभिभावकत्व ग्रहण गर्दै पार्टीलाई एकताबद्ध बनाउन निर्णायक भूमिका खेल्नुपर्नेमा थापाले जोड दिए।

पार्टीको अधिवेशन र नेतृत्व चयन प्रक्रियामा असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमा उजुरी जानु स्वाभाविक भएको उल्लेख गर्दै थापाले आयोगले निर्णय गरिसकेपछि त्यसलाई सबैले स्वीकार गर्नुपर्ने स्पष्ट पारे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077