Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आधिकारिकता दाबी गर्दै आज सर्वोच्च जाँदै देउवा समूह

आधिकारिकता दाबी गर्दै आज सर्वोच्च जाँदै देउवा समूह

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूह आज सर्वोच्च अदालत जाँदै छ ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिने गरी गरेको निर्णय अवैध रहेको जिकिरसहित देउवा समूह रिट लिएर सर्वोच्च जान लागेको हो ।

यसअघि शनिबार सानेपामा बसेको सो समूहको बैठकले निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको थियो ।

बैठकले देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालत जान अख्तियारी दिने गरी भएको निर्णयबमोजिम निर्वाचन आयोगले नवनिर्वाचित कार्यसमितिलाई मान्यता दिने गरी भएको निर्णय उल्ट्याउन माग राखेर सर्वोच्चमा रिट दर्ता हुँदै छ ।

गत पुस २७ देखि पुस ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्दै १३४ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077