Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

५२ करोडको भ्रम फैलाएको भन्दै दुर्गा प्रसाईलाई कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्युरोमा पत्र पठायो

५२ करोडको भ्रम फैलाएको भन्दै दुर्गा प्रसाईलाई कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्युरोमा पत्र पठायो

आइतवार , माघ ४, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध निर्वाचन आयोगले आवश्यक कानुनी कारबाही अघि बढाउन साइबर ब्युरोलाई पत्र पठाएको छ ।

आइतबार बसेको आयोगको बैठकले प्रसाईँले सार्वजनिक रूपमा फैलाएको भ्रामक र आधारहीन आरोपले निर्वाचन प्रक्रियामाथि शंका उत्पन्न गराएको निष्कर्ष निकाल्दै साइबर ब्युरोलाई अनुसन्धान र कारबाहीका लागि औपचारिक रूपमा पत्राचार गरेको हो ।

प्रसाईँले शनिबार नै भक्तपुरस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता लिएको आरोप लगाएका थिए ।

उक्त अभिव्यक्तिलाई आयोगले तथ्यहीन, गैरजिम्मेवार र सार्वजनिक विश्वासमा आँच पुर्‍याउने खालको भएको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077