काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट उम्मेदवारी मनोनयनका लागि आज झापा जाँदै छन् ।
झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ताका लागि आज विहान १०ः२५ बजेको विमानबाट उनी भद्रपुर अवतरण गर्ने भएका हुन् ।
भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने छन् । यसैगरी ३ नं क्षेत्रका बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने छन् ।
क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ। क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिने छन्। आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने बताइएको छ ।
अध्यक्ष ओलीको जेनजी विध्वंसका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारीछ ।