Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन आयोगविरुद्व अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

निर्वाचन आयोगविरुद्व अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

सोमवार , माघ ५, २०८२

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई सोमबार पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाली कांग्रेसको आन्तरिक विवादका विषयमा सार्वजनिक अभिव्यक्ति दिँदै प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई पार्टीको आधिकारिकता दिएको आरोप लगाएका थिए।

उनको उक्त भनाइलाई गम्भीर मान्दै निर्वाचन आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

उजुरीकै आधारमा कास्की प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

कार्यालयका अनुसार प्रसाईंलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने तयारी भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077