Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकी दादागिरी चल्दैन, धम्की सामु झुक्दैनौँ : इमानुएल म्याक्रों

अमेरिकी दादागिरी चल्दैन, धम्की सामु झुक्दैनौँ : इमानुएल म्याक्रों

बुधवार , माघ ७, २०८२

एजेन्सी । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले मंगलबार युरोप कुनै पनि प्रकारको धम्की सामु नझुक्ने र नडराउने बताएका छन् ।

युरोपले ग्रीनल्यान्ड कब्जा गर्न नदिएमा ट्रम्पले भारी ‘ट्यारिफ’ (भन्सार शुल्क) लगाउने धम्की दिएपछि म्याक्रोँको यो प्रतिक्रिया आएको हो । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरे ।

अन्य युरोपेली नेताहरूले ट्रान्स–एट्लान्टिक विवाद नबढोस् भनेर संयमित भइरहेका बेला म्याक्रोंले भने कडा प्रतिवाद गरेका छन् ।

डाभोसमा आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै म्याक्रोंले फ्रान्स र युरोपले बलियो कानुनलाई निष्क्रिय स्वीकार नगर्ने बताए । उनले त्यसो गर्नु अरूको दासत्वस्वीकार गर्नु सरह हुने टिप्पणी गरे ।

उनले अगाडि भने, 'विश्व अराजकतातर्फको बाटोमा लम्किरहेको अवस्थाका बावजुद युरोपले क्षेत्रीय सार्वभौमसत्ता र विधिको शासनको पक्षमा अडान लिइरहनेछ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077