Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झापामा जनलहरले शुभ संकेत देखाइसक्यो, मैले बोल्नै पर्दैन: रवि लामिछाने

झापामा जनलहरले शुभ संकेत देखाइसक्यो, मैले बोल्नै पर्दैन: रवि लामिछाने

बुधवार , माघ ७, २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालती प्रक्रियाको सम्मान गर्ने बताएका छन् ।

चितवनमा रहेका लामिछानेले बुधबार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सो विश्वास व्यक्त गरेका हुन् ।

आफूलाई पूराना राजनीतिक दल र राज्य संयन्त्रले अनावश्यक कुरा लगाएर मुद्दा लगाइएको भए पनि अदालतप्रति न्याय पाउनेमा पूर्ण विश्वास रहेको दाबी गरे ।

उनले भने - 'अदालती प्रक्रियालाई हामीले सम्मान गर्नुपर्छ, स्वीकार गर्नुपर्छ । हुन त अत्यधिक नचाहिँदो कुराहरु लगाएर अभियोजनहरु लगाएर सबै चीजहरु भएको छ । तै पनि अदालतको विकल्प हामीसँग अर्को कुनै छैन । अदालतप्रति मैले सधैँ सद्भाव राख्दै आएको छु ।'

त्यस्तै झापामा जनलहरले नै निर्वाचनको परिणामको शुभ संकेत गरेको उनको दाबी छ ।

उनले थप भने- 'झापामा जनलहरले शुभ संकेत देखाइसक्यो नि! जनताले बोल्ने कुरा मैले बोल्नै पर्दैन नि ।'

साथै सभापति लामिछानेले पूर्ण रुपमा आचारसंहिता पालना गर्दै संयमित भएर चुनावी प्रचारमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077