Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाको पहिलो खेलमा भारत विजयी

न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाको पहिलो खेलमा भारत विजयी

बिहिवार , माघ ८, २०८२

काठमाडौं । न्युजिल्यान्डसँगको टी–२० शृङ्खलाअन्तर्गत पहिलो खेलमा भारतले जितेको छ ।

हिजो बेलुकी भएको खेलमा भारतले न्युजिल्यान्डलाई ४८ रनले हरायो । घरेलु टोलीले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ७ विकेट गुमाएर १ सय ९० रन मात्रै बनाउन सक्यो ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले सबैभन्दा धेरै ७८ रन बनाए । भारतका वरुण चक्रवर्ती र शिवम दुबेले समान २ विकेट लिए ।

त्यसअघि नागपुरमा टस हारेर ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर २ सय ३८ रन बनायो । भारतका अभिषेक शर्माले सबैभन्दा धेरै ८४ रन बनाए ।

न्युजिल्यान्डका ज्याकब डफी र काइल जेमिसनले समान २ विकेट लिए । यो जीतसँगै भारतले ५ खेलको शृङ्खला १–० ले अग्रता लिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077