Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

बिहिवार , माघ ८, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा आफ्नो दोश्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ९ बजे शुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले भने लगातार दुई खेल जितेको छ । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीनमा पर्ने टोलीहरू ‘सुपर–सिक्स’ मा पुग्नेछन् ।

‘सुपर–सिक्स’ बाट शीर्ष चार वटा टोली आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077