Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल, जित्नै पर्ने दबाब

स्कटल्यान्डविरुद्ध बलिङ गर्दै नेपाल, जित्नै पर्ने दबाब

सोमवार , माघ १२, २०८२

काठमाडौं । काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गर्ने भएको हो। नेपाल आज जित्नै पर्ने दबाबमा छ।

नेपालले समूह चरण अन्तर्गत हालसम्म तीन खेल खेल्दा दुईमा हार ब्यहोरेको छ भने एक खेलमा विजयी हासिल गरेको थियो।

नेपालले आजको खेलमा अघिल्लो टोलीमा रहेकी एक खेलाडी परिवर्तन गरेको छ। मनीषा उपाध्यायले प्लेइङ ११ मा स्थान बनाउँदा सुमन विष्ट बाहिरिएकी हुन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा, कविता जोशी रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077