Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कारोबारसँगै ९ अंकले बढ्यो नेप्से

कारोबारसँगै ९ अंकले बढ्यो नेप्से

बिहिवार , माघ ८, २०८२

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.२३ अङ्कले बढेको छ ।

आज कारोबारसँगै नेप्से परिसूचक ९.२३ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ६१ को विन्दुमा कायम भएको हो ।

आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्म्क सर्किट लागेको छ ।

कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २५ प्रतिशतले घटेको छ ।

आज बैंकिङ समूह शून्य दशमलव ३१ र व्यापार समूह एक दशमलव १५ प्रतिशत घटेको छ भने बाँकी सबै समूहका उपसूचक बढेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह दुई दशमलव ३८ प्रतिशत बढेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077