Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभापति बनेपछि पहिलो पटक आज सानेपा जाँदै गगन, केन्द्रीय समिति बैठक पनि बस्ने

सभापति बनेपछि पहिलो पटक आज सानेपा जाँदै गगन, केन्द्रीय समिति बैठक पनि बस्ने

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदैछन् ।

विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन् ।

काठमाडौं उपत्यकामा उपलब्ध नवनिर्वाचित केन्द्रीय समितिका सदस्यसहित आजै केन्द्रीय समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गएको पुस ३० गते थापा सभापति बनेका थिए । त्यसपछि बानेश्वरस्थित अर्पण बैंक्वेटमा नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077