Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

बैठकमा निर्वाचनबारे छलफलदेखि सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीमा घोषणा गर्नेसम्मका कार्यक्रम रहनेछन् ।

साथै विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितका पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भएयता पनि आधिकारिकताको विवादका कारण विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सानेपामा बस्न सकेको थिएन । जसकारण केन्द्रीय कार्यसमितिको दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर बसेका थिए ।

शुक्रबार पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077