Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसबाट सभापति गगन थापा प्रधानमन्त्रीका उम्मेदवार

कांग्रेसबाट सभापति गगन थापा प्रधानमन्त्रीका उम्मेदवार

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने ऐतिहासिक निर्णय गरेको छ ।

शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य समिति बैठकले थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो ।

बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले सर्वसम्मत रूपमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।

'देशमा स्थिरता, सुशासन र नयाँ राजनीतिक संस्कृतिको आवश्यकता महसुस गर्दै गगन थापाको नेतृत्वमा चुनाव लड्ने निर्णय गरिएको हो,' शर्माले बताए।

गगन थापा सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। टिकट वितरण प्रक्रियामा ढिलाइ भएपछि उनले वारेसमार्फत मनोनयन दर्ता गराएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077