Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीले पठाए ६ लाख ६३ हजार सदस्यलाई व्यक्तिगत पत्र

ओलीले पठाए ६ लाख ६३ हजार सदस्यलाई व्यक्तिगत पत्र

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित सदस्यलाई व्यक्तिगत पत्र लेख्दै आसन्न निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन उच्च मनोबलका साथ सक्रिय हुन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले हिजो साँझ पार्टीका ६ लाख ६३ हजार सङ्गठित सदस्यलाई एकैसाथ पत्र पठाउँदै देश निर्माणका लागि एमालेको बहुमत आवश्यक रहेको स्पष्ट पारेका छन्।

पत्रमा उनले आसन्न निर्वाचनलाई देश विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको निर्णायक लडाइँको रूपमा चित्रण गरेका छन्। “देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ,” ओलीले पत्रमा उल्लेख गरेका छन्, “अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु।”

पत्रमार्फत विध्वंस र आगजनी गर्ने प्रवृत्तिविरुद्ध एमालेले चुनावी मैदानबाटै विदा गर्नुपर्ने सन्देश पनि दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077