Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म नेता होइन बेटा बन्न सर्लाही आएको हुँ : सभापति थापा

म नेता होइन बेटा बन्न सर्लाही आएको हुँ : सभापति थापा

सोमवार , माघ १२, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नेता होइन, बेटा बन्न सर्लाही आएको बताएका छन् ।

सोमबार साँझ सर्लाही निर्वाचन क्षेत्र–४ पुगेका थापाले पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै आफू यस क्षेत्रको सेवकको रूपमा आएको स्पष्ट पारेका हुन् ।

यहाँका नेता–कार्यकर्ताको उत्साहले पहिलो दिनमै अत्यन्त उत्साहित बनाएको उल्लेख गर्दै थापाले भने, 'म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । मधेशले नेपाली कांग्रेसलाई लगाएको गुण, प्रजातन्त्रलाई लगाएको गुण र सिंगो नेपाललाई लगाएको गुणलाई म राम्रोसँग जान्दछु ।'

आफ्नो पारिवारिक पृष्ठभूमि स्मरण गर्दै थापाले भने, 'मेरा बाआमा पहाडबाट काठमाडौं आएका हुन् । पहाडको बारेमा मलाई पहिलेदेखि नै थाहा छ । काठमाडौंमा जन्मेर हुर्केकाले मलाई काठमाडौंको सबै कुरा थाहा छ । तर, नेपाली कांग्रेसका नेता प्रदीप गिरिको संगतले मधेशको बारेमा धेरै कुरा जान्ने अवसर प्राप्त भयो । जबसम्म मधेशमा आफूलाई समाहित गर्दिनँ, तबसम्म म पूर्णरूपमा नेपाली बन्न सक्दिनँ भनेर पनि मधेशबाट उम्मेदवारी दिएको हुँ ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077