Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यूएईमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय वार्ता पनि निष्कर्षविहीन

यूएईमा रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय वार्ता पनि निष्कर्षविहीन

मंगलवार , माघ १३, २०८२

एजेन्सी । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यका साथ संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी रुस, युक्रेन र अमेरिकाबीचको त्रिपक्षीय वार्ताको दोस्रो चरण कुनै ठोस नतिजाबिना समाप्त भएको छ ।

रुसी सरकारी समाचार एजेन्सी ‘तास’ले वार्ता स्रोतलाई उद्धृत गर्दै यस हप्ता थप वार्ताको कुनै योजना नरहेको जनाएको छ। हालसम्म कुनै पनि औपचारिक वा ठोस सहमतिको घोषणा गरिएको छैन।

यो वार्ता फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सुरु गरेको युद्ध अन्त्य गर्ने सम्भावित बाटो खोज्न आयोजना गरिएको हो।

रुसले युक्रेनले आफ्ना केही भूभाग त्याग्नुपर्ने, नेटो सदस्यताको आकांक्षा त्याग्नुपर्ने र आफ्नो शक्तिशाली सेनालाई विघटन गर्नुपर्ने सर्त अघि सारेको छ। यी माग पूरा भए मात्र युद्ध रोकिने रुसको स्पष्ट अडान छ।

तर युक्रेनले यी मागहरू अस्वीकार गर्दै रुसी सेनाको कब्जामा नरहेका क्षेत्रहरूबाट कुनै हालतमा पछि नहट्ने अडान दोहोर्‍याएको छ। वार्तामा अमेरिकी पक्षले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै दुवै पक्षलाई सम्झौतामा ल्याउने प्रयास गरिरहेको छ।

वार्ताका केही विवरण बाहिरिएपछि दुवै पक्षले अहिलेसम्मको प्रगतिप्रति सामान्य सन्तुष्टि व्यक्त गरेका छन्। तासका अनुसार रुसी वार्ता टोलीका एक सदस्यले भने, 'नतिजाहरू आएका छन्, तर त्यसको घोषणा हाम्रा जिम्मेवार अधिकारीहरूले गर्नेछन्।'

यस्तै, युक्रेनी पक्षले पनि वार्तालाई सकारात्मक र रचनात्मक बताएको छ। अर्को चरणको वार्ता आगामी हप्ता जतिसक्दो चाँडो सुरु हुन सक्ने संकेत गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077