Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हराइरहेका किशोरको शव जंगलमा फेला, साथीहरू नै हत्याको आरोपमा पक्राउ

हराइरहेका किशोरको शव जंगलमा फेला, साथीहरू नै हत्याको आरोपमा पक्राउ

मंगलवार , माघ १३, २०८२

जाजरकोट । आफ्नै साथीलाई हत्या गरेको आरोपमा जाजरकोटमा तीनजना बालक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी वसन्तकुमार शर्माका अनुसार जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या आरोपमा १४, १५ र १६ वर्षका तीनजना बालक मंगलबार पक्राउ परेका हुन् ।

उनीहरू सबै नाबालक भएकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । केही दिनदेखि हराइरहेका विष्टको खोजी गर्ने क्रममा गाउँकै जंगलमा उनको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उनकै साथीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको डीएसपी शर्माले जानकारी दिए ।

प्रहरीले जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद लिई उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

शर्माका अनुसार श्रीपञ्चमी अर्थात् सरस्वती पूजाका दिन शुक्रबार गाउँमै रहेको पाथीभारा मन्दिरमा दर्शन गर्न गएका बेला उनीहरूबीच झगडा भएको र सोही क्रममा विष्टको हत्या गरिएको भन्दै उनका आफन्तले शनिबार नै जाहेरी दिएका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077