Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसको एकमना सरकार बन्छ, मधेसका मुद्दा जुरुक्क बोक्छ : गगन थापा

कांग्रेसको एकमना सरकार बन्छ, मधेसका मुद्दा जुरुक्क बोक्छ : गगन थापा

शुक्रवार , माघ १६, २०८२

धनुषा । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसले पूर्ण विश्वास दिए कांग्रेसको एकमना सरकार बन्ने दाबी गरेका छन्।

शुक्रबार धनुषा–१ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले कांग्रेसको एकमना सरकार बनेमा मधेसका सबै मुद्दा दृढताका साथ बोक्ने प्रतिबद्धता जनाए।

‘मधेसले पूर्ण विश्वास दिएपछि कांग्रेसको एकमना सरकार बन्छ। त्यो सरकारले मधेसका मुद्दा जुरुक्क बोक्छ,’ थापाले भने, ‘चाहे संविधानसँग सम्बन्धित विषय हुन्, चाहे मधेसी समुदायमाथि हुने अन्यायपूर्ण विभेदका मुद्दा, कांग्रेस ती सबैको पक्षमा उभिन्छ।’

थापाले आफू निर्वाचन क्षेत्रका कारण मात्र नभई मधेसलाई राष्ट्रिय राजनीतिसँग थप मजबुत रूपमा जोड्न आएको स्पष्ट पारे। ‘म निर्वाचन क्षेत्र भएर यहाँ आएको होइन, मधेसलाई जोड्न आएको हुँ,’ उनले भने।

उनले मधेस नेपाली कांग्रेसको जननी भएको उल्लेख गर्दै मधेस र कांग्रेसबीच ऐतिहासिक सम्बन्ध रहेको जिकिर गरे।

हाल प्रतिनिधिसभा निर्वाचनका लागि थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। यसअघि उनी काठमाडौँ–४ बाट निर्वाचन लड्दै आएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077