Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रम्पको चेतावनी - चीनसँग सम्झौता गर्नु बेलायतका लागि ‘धेरै खतरनाक’

ट्रम्पको चेतावनी - चीनसँग सम्झौता गर्नु बेलायतका लागि ‘धेरै खतरनाक’

शुक्रवार , माघ १६, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्झौता गर्नु बेलायतका लागि ‘धेरै खतरनाक’ हुने टिप्पणी गरेका छन् । बेलायती प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणमा रहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

बेलायत र चीनबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने लक्ष्यसहित हालै विभिन्न सम्झौताहरू भएका छन्। ती सम्झौताअन्तर्गत बेलायती नागरिकलाई निश्चित अवधिका लागि चीन भ्रमण गर्दा भिसा नलाग्ने व्यवस्था समेत गरिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

फर्स्ट लेडी मेलानिया ट्रम्पमाथि बनेको एक डकुमेन्ट्रीको प्रिमियर कार्यक्रममा ट्रम्पसँग बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न लागेको विषयमा प्रश्न गरिएको थियो ।

त्यसक्रममा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यो उनीहरू (बेलायत) का लागि धेरै खतरनाक छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077