Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी पर्सामा पक्राउ

जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी पर्सामा पक्राउ

शुक्रवार , माघ १६, २०८२

वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागार कार्यालयबाट फरार भएका एक कैदी पर्साबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवा टोल बस्ने २३ वर्षीय प्रविन चौरसिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार गोप्य सूचनाको आधारमा वीरगञ्ज–१५ रामनगर चोकबाट चौरसियालाई पक्राउ गरिएको हो। प्रविन चौरसियाविरुद्ध ठगी मुद्दामा ५ वर्ष ६ महिना कैद र ८७ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। उनी जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए। पक्राउपछि चौरसियालाई वीरगञ्ज कारागार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077