Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

शनिवार , माघ १७, २०८२

झापा । मेचीनगर नगरपालिका-६ स्थित मेची पुलमा मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

भारतबाट नेपाल आउँदै गरेको नेपालतर्फ आउँदै गरेको प्र१-०१-०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार मेचीनगर- ६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍ याइएको थियो । उपचारकै क्रममा चिकित्सकले राति १०ः५५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर-६ निवासी ३५ वर्षीय काशीनाथ पौडेलको उपचार बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

मृतक कटुवालको शव हाल मेची आम्दा अस्पतालमै राखिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077