Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी चर्चाप्रति गोकुल बास्कोटाको व्यंग्य: सबैले जितेर एकल सरकार बनाइसके

चुनावी चर्चाप्रति गोकुल बास्कोटाको व्यंग्य: सबैले जितेर एकल सरकार बनाइसके

शनिवार , माघ १७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले देशमा बढ्दै गएको चुनावी चर्चा र दलहरूका दाबीप्रति व्यंग्य गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेता बास्कोटाले चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा कुनै पनि दल दोस्रो हुने अवस्था नदेखिएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्- 'चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा पढ्दा कोही पनि दोस्रो हुँदैन । सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।'

तर वास्तविक परिणाम भने मतदाताको हातमा रहने उल्लेख गर्दै बास्कोटाले अन्तिम निर्णय जनताकै हुने बताए । ‘मतदाताको मनमा के छ रु परिणाम त त्यहीँ प्रकट होला, ‘उनले लेखेका छन् ।

उनले चुनावी समयमा हुने हो–हल्ला, झुटा प्रचार तथा आरोप–प्रत्यारोपलाई सामान्य राजनीतिक प्रक्रिया भएको उल्लेख गर्दै यस्ता प्रवृत्ति युरोप र अमेरिकाजस्ता विकसित देशहरूमा पनि देखिने टिप्पणी गरेका छन् । ‘यो त नेपालमा मामुली कुरो भैगो,‘बास्कोटाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077