काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रिय शक्तिको निर्माणका लागि कम्युनिस्ट पार्टीहरूबीच एकता अनिवार्य रहेको बताएका छन्।
शनिबार सोलु–काठमाडौँ सम्पर्क समन्वय समितिले पेरिसडाँडामा आयोजना गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’लाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र वैदेशिक षड्यन्त्रलाई परास्त गर्न कम्युनिस्ट शक्तिको एकता आवश्यक भएको धारणा राखे।
कम्युनिस्ट आन्दोलन कमजोर बनिरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै आफूले कम्युनिस्ट पार्टीहरूबीच एकताको पहल अघि बढाएको उनले बताए।
'नयाँ राष्ट्रिय शक्ति निर्माणको आवश्यकता महसुस गरेर नै मैले कम्युनिस्ट पार्टीहरूबीच एकताको प्रक्रिया अघि बढाएको हुँ,' प्रचण्डले भने।
उनले राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र सामाजिक न्यायका सवालमा कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनु अपरिहार्य रहेको उल्लेख गरे।