Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाले हमला गरे मध्यपूर्वमा क्षेत्रीय युद्ध सुरु खामेनेईको चेतावनी

अमेरिकाले हमला गरे मध्यपूर्वमा क्षेत्रीय युद्ध सुरु खामेनेईको चेतावनी

सोमवार , माघ १९, २०८२

एजेन्सी । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईले अमेरिकाले इरानमाथि कुनै पनि प्रकारको सैन्य आक्रमण गरे त्यसको परिणामस्वरूप मध्यपूर्वमा ‘क्षेत्रीय युद्ध’ सुरु हुने कडा चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्र इरानविरुद्ध सैन्य कारबाहीको धम्की दिइरहेका बेला आइतबार खामेनेईले सार्वजनिक रूपमा प्रतिक्रिया जनाउँदै भने, 'यदि उनीहरूले युद्ध सुरु गरे भने यसपटक त्यो केवल इरानसम्म सीमित रहने छैन, अमेरिकीहरूले क्षेत्रीय युद्धको सामना गर्नुपर्नेछ।'

खामेनेईको यो अभिव्यक्तिलाई हालसम्मकै सबैभन्दा प्रत्यक्ष र कडा चेतावनीका रूपमा हेरिएको छ, जसले दुई देशबीचको चर्किँदो तनावलाई थप उत्कर्षमा पुर्‍याएको छ।

यसैबीच, अमेरिकी विमानवाहक पोत ‘यूएसएस अब्राहम लिंकन’सहित अन्य युद्धपोतहरू हाल अरब सागर क्षेत्रमा तैनाथ छन्।

इरानमा हालै भएका प्रदर्शनहरूमाथि सरकारले गरेको दमनपछि ट्रम्प प्रशासनले ती युद्धपोतहरू त्यस क्षेत्रमा पठाएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077