काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको भन्दै अन्य राजनीतिक शक्तिहरुलाई मिल्न आग्रह दिएका छन् ।
केही दिनदेखिको मौनता तोड्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
फागुन २१ कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने र संसद्मा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने उनले बताए ।
उनले लेखेका छन्- 'गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ । मेरो खुला आग्रह छ( अझै पनि जो–जो मिल्नु छ, मिल । खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवाब र धम्की स्वीकार्दैनौँ ।'
जन विद्रोहले उखेलेर फालेको पुरानो संसद् षडयन्त्रपूर्ण ढङ्गले फर्काउने कुनै पनि चलखेल, दबाब र धम्की नस्विकार्ने उनको भनाई छ ।
उनले थप लेखेका छन्- 'भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, निती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा(दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने रु विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरुको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस् । देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक।'