काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक गठबन्धनले जनताको मन जितेर बनेको ‘मनबन्धन’ भत्काउन कठिन हुने टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार शीर्ष नेताबीच संवाद भएको चर्चा चलिरहेकै बेला बास्कोटाले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
बुधबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया जनाउँदै उनले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा ‘हिउँ बर्साएको’ भन्दै व्यंग्यात्मक टिप्पणीसमेत गरेका छन् ।
बास्कोटाले लेखेका छन्, ‘सर्वोच्चले संसद् पुनः स्थापनाको आशामा हिउँ बर्साएछ। अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ। गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ। अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ ।’
उनको भनाइलाई वर्तमान राजनीतिक अस्थिरता, गठबन्धनको भविष्य र आगामी निर्वाचनसँग जोडेर हेरिएको छ ।