Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलभित्र डस्टबिनबाट सुन निकाल्दै गरेका कर्मचारी पक्राउ

त्रिभुवन विमानस्थलभित्र डस्टबिनबाट सुन निकाल्दै गरेका कर्मचारी पक्राउ

बुधवार , माघ २१, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भित्र डस्टबिनमा फालिएको सुन निकालेर लैजाँदै गरेका एक सरसफाइ कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्ने व्यक्ति डिकबहादुर राउत हुन्, जो विमानस्थलभित्र सरसफाइको काममा संलग्न थिए।

विमानस्थल प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान करिब ७:३० बजे डस्टबिनमा जम्मा गरिएको फोहोरको प्लास्टिक थैलोबाट सुन निकाल्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार राउत सगरमाथा सर्भिस प्रालिमार्फत विमानस्थल सरसफाइमा कार्यरत कर्मचारी हुन्। उनको साथबाट ४ दशमलव ४ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनी १५ वर्षभन्दा लामो समयदेखि विमानस्थलभित्र काम गर्दै आएका थिए।

पक्राउ परेका कर्मचारीलाई आवश्यक अनुसन्धानका लागि भन्सार विभागमा जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077