Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रविविरुद्ध सहकारी ठगी मुद्दाको मिसिल चितवन अदालतबाट झिकाइने

रविविरुद्ध सहकारी ठगी मुद्दाको मिसिल चितवन अदालतबाट झिकाइने

बिहिवार , माघ २२, २०८२

काठमाडौं । उच्च अदालत पाटन, हेटौँडा इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा सुरुमा चितवन जिल्ला अदालतमा चलेको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।

न्यायाधीश बबिता उप्रेती र शर्मिला थापा विष्टको संयुक्त इजलासले बिहीबार ९माघ २२० ठगीसम्बन्धी अभियोगपत्रसहित प्राप्त हुन सक्ने सबै कागजात संलग्न रहेको मिसिल झिकाउन आदेश दिएको हो ।

सहारा सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा तारिखमा राख्ने आदेश दिएको थियो । तर उक्त आदेश बदर गरी उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सरकार पक्षले उच्च अदालतमा निवेदन दिएको थियो ।

यता, प्रतिवादी लामिछानेका तर्फबाट भने ५४ लाख धरौटीको आदेश बदर गरी साधारण तारिखमा मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग गरिएको छ ।

निवेदनमाथिको सुनुवाइका क्रममा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल र अधिवक्ता डा। नारायणदत्त कँडेलले धरौटी आदेश खारेज गरी साधारण तारिखमा राख्न अदालतसँग माग गरेका थिए ।

यसै मुद्दामा अर्का प्रतिवादी कुमार रम्तेल र वीरबहादुर रानाभाटको हकमा पनि सुरु मिसिल झिकाउने आदेश भएको छ ।

गत वैशाखमा लामिछाने र सरकार पक्षबाट उच्च अदालतमा दोहोरो निवेदन परेको थियो । अब मिसिल झिकाउने आदेशपछि सहकारी ठगीसम्बन्धी मुद्दाको अन्तिम निर्णय भने आगामी फागुन २१ गते तोकिएको निर्वाचनपछि मात्र हुने देखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077