Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भद्रपुरमा सिरिन्ज आक्रमण, ढकालको मृत्यु

भद्रपुरमा सिरिन्ज आक्रमण, ढकालको मृत्यु

शुक्रवार , माघ २३, २०८२

झापा । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ। अज्ञात व्यक्तिहरूले सिरिन्ज प्रहार गरी आक्रमण गर्दा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नै निवासतर्फ फर्कने क्रममा आक्रमणमा परेका थिए। आक्रमणपछि उनी गम्भीर घाइते भएका थिए।

घाइते ढकाललाई तत्काल उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहा घर भएका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार सिरिन्जमा प्रयोग गरिएको पदार्थ के हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलबाट प्रमाण संकलन गरी सिरिन्जमा रहेको पदार्थ परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077