Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईं फेरि पक्राउ

दुर्गा प्रसाईं फेरि पक्राउ

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । 

प्रसाईंलाई पक्राउ गरिएपनि उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन । 

प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए।  सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

‘नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको’ भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए । 

आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो । आज भने उनी कुन कारणले पक्राउ भएका हुन्, त्यसबारे केही खुलाइएको छैन । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077