Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाले करारमा प्रधानमन्त्री खोज्दैछ, प्रधानमन्त्री बन्न राजनीतिक जग चाहिन्छ : विश्वप्रकाश शर्मा

रास्वपाले करारमा प्रधानमन्त्री खोज्दैछ, प्रधानमन्त्री बन्न राजनीतिक जग चाहिन्छ : विश्वप्रकाश शर्मा

शुक्रवार , माघ २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको प्रधानमन्त्री नै करारमा नियुक्त गर्न खोजेको भन्दै कटाक्ष गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित कांग्रेसको भेटघाट कार्यक्रममा बोल्दै शर्माले प्रधानमन्त्री बन्ने कुरा सामान्य कर्मचारी नियुक्त गरेजस्तो नभई त्यसका लागि बलियो राजनीतिक आधार आवश्यक हुने बताएका हुन् ।

'रास्वपाले करारमा प्रधानमन्त्री पद नियुक्त गर्नेगरी सल्लाह गरेका छौँ भन्छ,' शर्माले भने, 'करारमा कर्मचारी नियुक्ति त सुनिएको थियो, तर देशको प्रधानमन्त्री बनाउने कुरा गर्दा फाउण्डेसनमा केही हुनुपर्‍यो ।'

उनले प्रधानमन्त्री बन्न राजनीतिक जग, संगठन र जनसमर्थन बलियो हुनुपर्ने टिप्पणी गरे । उपसभापति शर्माले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि कांग्रेसबाहेक अन्य दलहरू जनतामाझ सुदृढ भएर जान नसकेको दाबी गरे ।

उनले नेकपा एमालेले जेनजी आन्दोलनपछि पार्टी विधान संशोधन गर्दै दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077