Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सीआईबीको असई भन्दै ठगी गर्ने महिला पक्राउ

सीआईबीको असई भन्दै ठगी गर्ने महिला पक्राउ

सोमवार , माघ २६, २०८२

रौतहट । आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतो माघ ४ गते चन्द्रपुरबाट पक्राउ परेकी हुन् । उनले लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाएको बताइएको छ ।

उनले नेहा, निशा र पुनम कुमारी लगायतका विभिन्न उपनाम प्रयोग गर्दै ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले भन्सारका कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको दाबी गर्दै सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर ठगी सुरु गरेकी थिइन्।

प्रहरीका अनुसार उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएकी थिइन्।

सोही परिचयपत्रका आधारमा माछापुच्छ्रे बैंकमा खाता खोल्दै नक्कली हस्ताक्षर प्रयोग गरी चेक दिने र रकम ठगी गर्ने गरेको खुलेको छ।

अनुसन्धानका क्रममा निर्मलाले चन्द्रपुरका एक ज्वेलर्सबाट २ लाख ७४ हजार रुपैयाँ बराबरको सुनचाँदी उधारो लिएर नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाउँदै ५ लाख रुपैयाँ सापटी लिएको तथा किराना पसल र गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

विश्वास दिलाउन उनले आफू प्रहरी भएको भन्दै नक्कली परिचयपत्र देखाउने गरेको समेत खुलेको छ।

प्रहरीले उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरे पनि उनले लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विभिन्न कागजात र बैंक खातासम्बन्धी अनुसन्धानपछि मात्र उनको वास्तविक परिचय खुल्न सकेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077