Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्रोत नखुलेको ६ लाख २३ हजारसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ६ लाख २३ हजारसहित भारतीय नागरिक पक्राउ

सोमवार , माघ २६, २०८२

 

धनगढी । कैलालीको टीकापुरबाट स्रोत नखुलेको ६ लाख २३ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार आइतबार साँझ टीकापुर नगरपालिका–९ खक्रौलाबाट भारतको लखिमपुर घर भएका ३० वर्षीय योगेश कुमारलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय टीकापुर तथा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३१ बिएफ ७१६१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा कुमारको साथबाट स्रोत खुलाउन नसकिएको ठूलो परिमाणको नगद बरामद गरेको जनाएको छ ।

शंकास्पद अवस्थामा ठूलो रकम फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका कुमारमाथि हाल थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077