Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब समय आसन र भाषणमा खर्च नगरौं, बद्लिएको कांग्रेस जस्तो देखिनुपर्छ : विश्वप्रकाश शर्मा

अब समय आसन र भाषणमा खर्च नगरौं, बद्लिएको कांग्रेस जस्तो देखिनुपर्छ : विश्वप्रकाश शर्मा

मंगलवार , माघ २७, २०८२

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस बद्लिएको कुरा जनताले अनुभूति गर्ने गरी व्यवहारमै परिवर्तन देखिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले यस्तो बताएका हुन् ।

उनले कांग्रेसका कार्यक्रमहरू अब विगतजस्तो घण्टौं समय आसन ग्रहण र भाषणमै खर्चिने शैलीबाट बाहिर निस्कनुपर्ने स्पष्ट पारे ।

उनले कांग्रेस परिवर्तनको चरणमा रहेकाले अब पार्टीका कार्यक्रमहरू ‘परफेक्ट’ र व्यवस्थित देखिनुपर्ने बताए।

'हामी बद्लिँदै गर्दा कांग्रेसको कार्यक्रम अब परफेक्ट खालको देखिनुपर्यो। धेरै समय आसन ग्रहण र भाषणमा खर्च नगरौं। बद्लिएको कांग्रेस जस्तो देखिनुपर्छ,' शर्माले भने।

उपसभापति शर्माले जेनजीको ‘मुभमेन्ट’ पछि नेपाली कांग्रेस साँच्चिकै बद्लिएको पार्टी भएको दाबी गर्दै कांग्रेस अहिले पूर्णरूपमा नयाँ स्वरूपमा आएको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077