Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

बिहिवार , माघ २९, २०८२

बैतडी । बैतडीमा बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८, त्रिपुराका ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

दशरथचन्द राजमार्गअन्तर्गत दशरथचन्द नगरपालिका–१, गुरुखोलास्थित मोडमा बिहीबार साँझ ४ः४० बजेतिर बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए ।

तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

मृतकको शव अस्पतालमै राखिएको छ । भट्टको टाउकोमा चोट रहेको र कानबाट अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको हुन सक्ने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । 

बस र बस चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077