Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस एकल बहुमतको दिशामा, नयाँ राजनीतिक लहर सिर्जना हुँदैछ : विश्वप्रकाश शर्मा

कांग्रेस एकल बहुमतको दिशामा, नयाँ राजनीतिक लहर सिर्जना हुँदैछ : विश्वप्रकाश शर्मा

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस अब देशको सबैभन्दा ठूलो दल मात्र नभई एकल बहुमतको दिशामा तीव्र रूपमा अघि बढिरहेको दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसप्रति पछिल्लो समय देखिएको आकर्षणले देशभर नयाँ राजनीतिक लहर सिर्जना गरेको बताएका हुन्।

उनले कांग्रेस परिवर्तनशील पार्टी भएको उल्लेख गर्दै भने,
“जो आफूलाई बदल्न सक्छ, उसैले मात्र देश बदल्न सक्छ भन्ने मान्यता कांग्रेसले बोकेको छ। महाधिवेशनपछि कांग्रेस नवीन र बदलिएको स्वरूपमा अगाडि बढिरहेको छ।”

उपसभापति शर्माले जनताले खोजेको परिवर्तन र जेन–जी मुभमेन्टपछि विकसित नयाँ सोचलाई कांग्रेसले मात्रै सम्बोधन गर्न सक्नेजिकिर गरे। उनका अनुसार कांग्रेस अब केवल परम्परागत राजनीति गर्ने पार्टी नभई नयाँ पुस्ताको आकांक्षा र अपेक्षासँग मेल खाने राजनीतिक शक्तिको रूपमा अघि बढिरहेको छ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता–कार्यकर्ता तथा थामी समुदायका व्यक्तिहरू ठूलो संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका थिए।

शर्माले केही दिनअघि मात्रै जसपाका तत्कालीन महासचिव मनिष मिश्र कांग्रेसमा फर्किएको सन्दर्भ उल्लेख गर्दै कांग्रेस अब सबै वर्ग, समुदाय र राजनीतिक धारका व्यक्तिहरूका लागि साझा र भरोसायोग्य घर बनेको दाबी गरे।

उनले कांग्रेसलाई जनताको विश्वास र आशाको केन्द्र बनाउँदै आगामी निर्वाचनमा बलियो जनमतसहित निर्णायक भूमिकामा पुग्ने संकेत पनि गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077