Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन बिथोल्ने उद्देश्यले चन्दा आतंक, ‘नेकपा बहुमत’का दुईजना पक्राउ

निर्वाचन बिथोल्ने उद्देश्यले चन्दा आतंक, ‘नेकपा बहुमत’का दुईजना पक्राउ

सोमवार , फाल्गुण ४, २०८२

कास्की । गैरकानूनी रूपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले कास्कीबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘नेकपा बहुमत’का केन्द्रीय सदस्य ३२ वर्षीय ‘अग्नि’ भनिने लक्ष्मण पाण्डे र सोही पार्टीका कास्की जिल्ला सेक्रेटरी ३७ वर्षीय भीमसेन परियार रहेका छन्।

पाण्डे तनहुँको व्यास नगरपालिका–१३ छाब्दीका स्थायी बासिन्दा हुन् भने परियार कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का हुन् ।

निर्वाचनलाई लक्षित गरी विभिन्न स्थानमा चन्दा संकलन भइरहेको गोप्य सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले उनीहरूलाई फागुन ३ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रहरीले उनीहरूको साथबाट चन्दा संकलनमा प्रयोग भएका विभिन्न कागजात तथा नगद रकम समेत बरामद गरेको जनाएको छ।

प्रहरीले उनीहरूमाथि चन्दा ऐन सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे विस्तृत छानबिन भइरहेको डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077