Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनको अनुमति

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनको अनुमति

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई प्रहरीले सोमबार साँझ भक्तपुरस्थित उनकै निवासबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ।

यसअघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका प्रसाईं सोमबार पक्राउ परेका हुन्। यसअघि उनी २३ माघमा काठमाडौँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए। हाजिर जमानीमा उनी २५ माघमा छुटेका थिए। ५ माघमा पनि प्रसाईं पोखराबाट पक्राउ परेका थिए।

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न परिसरलाई पत्राचार गरेपछि प्रसाईंलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077