Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ

नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार कट्टेललाई बुधबार कीर्तिपुरबाट पक्राउ गरिएको हो ।

प्रवक्ता कार्कीले कट्टेलसहित हालसम्म निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार मङ्गलबार राति नेपाल कम्युनिस्ट पार्टी ९बहुमत०का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना तथा दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिँदै निर्वाचन विरोधी गतिविधि गरेको आरोप छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077