Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिरहामा १४ लाखसहित युवक पक्राउ, स्रोत खुलाउन सकेनन्

सिरहामा १४ लाखसहित युवक पक्राउ, स्रोत खुलाउन सकेनन्

शुक्रवार , फाल्गुण ८, २०८२

सिरहा । बरियारपट्टी गाउँपालिका–३ शिवनगरका २१ वर्षीय संजित कुमार यादव स्रोत नखुलेको १४ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार दिउँसो नियमित सवारी चेकजाँचका क्रममा बरियारपट्टी हुँदै औरहीतर्फ जाँदै गरेको मोटरसाइकललाई शंका लागेर रोकेर जाँच गर्दा यादवको साथबाट एक हजार दरका १४ सय थान नोट बरामद गरिएको हो।

प्रहरीले बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।

हाल रकमको स्रोतबारे अनुसन्धान सुरु गरिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077