Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इन्स्पेक्टर पाण्डेय ‘उत्कृष्ट प्रहरी’ !

इन्स्पेक्टर पाण्डेय ‘उत्कृष्ट प्रहरी’ !

शुक्रवार , फाल्गुण ८, २०८२

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यरत प्रहरी निरीक्षक बलराम पाण्डेय ‘माघ महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत पाण्डेयलाई नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी उच्च व्यवसायिकता, अनुशासन र प्रतिबद्धताका साथ निर्वाह गरेको मूल्यांकनका आधारमा उत्कृष्ट घोषणा गरिएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले पाण्डेयलाई प्रशंसा पत्र प्रदान गर्दै बधाई ज्ञापन गरे ।

कैलाली प्रहरीका अनुसार सामाजिक अपराध न्यूनीकरण, शान्ति–सुरक्षा तथा अमनचयन कायम राख्न उनले महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

साथै, आसन्न प्रतिनिधिसभा निर्वाचनलाई भयमुक्त र व्यवस्थित वातावरणमा सम्पन्न गराउन राजनीतिक गतिविधिको निगरानी, सुरक्षा व्यवस्थापन तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरेको मूल्यांकनसमेत गरिएको छ।

अवैध लागूऔषध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै संगठनको नीति–निर्देशन पालना गरी समग्र नेपाल प्रहरीको छवि उच्च राख्न उल्लेखनीय योगदान पुर्‍याएको ठहरसहित उनलाई सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077