Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से २.४१ अंकले बढ्यो‚ कारोबार भने घट्यो

नेप्से २.४१ अंकले बढ्यो‚ कारोबार भने घट्यो

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं। सोमबार नेप्से २.४१ अंकले बढेको छ। नेप्से बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.०९ प्रतिशतले बढ्दै २६१६.९७ विन्दुमा अडिएको हो।

नेप्सेमा सोमबार ३२९ कम्पनीको ५६ हजार ३४७ पटकको कारोबारमा एक करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच भए।

जसमा सोमबार पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँबराबरको कारोबार भयो। आइतबार नेप्सेमा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको कारोबार भएको थियो।

१३ समूहको कारोबार भएकामा ६ समूहका सूचक बढ्दा सातवटा समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.२८‚ विकास बैंक ०.९०‚ फाइनान्स समूहको सूचक ०.५६ प्रतिशतले बढ्यो। होटेल तथा पर्यटन ०.३५‚ जलविद्युत् समूहको सूचक भने ०.२३ प्रतिशतले घट्यो।

यस्तै लगानी ०.३७ तथा जीवन बिमा समूहको सूचक ०.०७ प्रतिशतले बढे।

उत्पादन तथा प्रशोधन ०.०६‚लघुवित्त समूहको सूचक ०.०७‚ म्युचुअल फन्ड ०.४१ र निर्जीवन बिमा समूहको सूचक ०.२२ प्रतिशतले ओरालो लागे।

यसैगरी अन्य समूह ०.०८ प्रतिशतले बढ्दा व्यापार समूहको सूचक भने ०.०३ प्रतिशतले ओरालो लाग्यो।

नेप्सेमा सोमबार ११३ कम्पनीको सेयर मूल्य बढ्यो। १४० कम्पनीको सेयरमूल्य घट्दा नौ कम्पनीको भने स्थिर रह्यो।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा सबैभन्दा बढी साल्पा विकास बैंक लिमिटेडका लगानीकर्ताले कमाए। साल्पाका लगानीकर्ताले सोमबार ९।९९ प्रतिशतले सेयरमूल्यमा फाइदा गरे। सोमबार साल्पाको अन्तिम कारोबार मूल्य ४३९ रुपैयाँ कायम रह्यो।

सबैभन्दा धेरै कारोबार हुनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड रह्यो। २६ करोड दुई लाख ९३ हजार ५५६ रुपैयाँको कारोबार भयो। आँखुखोलाको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३४३ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077