Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कारोबारसँगै बढ्यो सेयर बजार

कारोबारसँगै बढ्यो सेयर बजार

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं। बुधबार नेप्से १०.३० अंकले बढेको छ। घिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ०.३९ प्रतिशतले बढ्दै २६४८.९० विन्दुमा अडिएको हो। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।

नेप्सेमा बुधबार ३३३ कम्पनीको ४८ हजार ६४० पटकको कारोबारमा एक करोड चार लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच भए।

जसमा अनुसार चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँबराबरको कारोबार भयो। नेप्सेमा मंगलबार भने चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ रुपैयाँबराबरको कारोबार भएको थियो।

१३ समूहको कारोबार भएकामा सबै १० समूहमा हरियाली छाउँदा तीन समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.२२ ता विकास बैंक ०.२१ प्रतिशतले बढ्यो भने फाइनान्स समूहको सूचक ०.२८ प्रतिशतले ओरालो लाग्यो।

यसैगरी होटेल तथा पर्यटन ०.४७‚ जलविद्युत् ०.३९‚ लगानी ०.३०‚ जीवन बिमा १.७९‚ उत्पादन तथा प्रशोधन ०.८३ तथा लघुवित्त समूह ०.१५ प्रतिशतले बढे भने म्युचुअल फन्ड समूह ०.०२ प्रतिशतले घट्यो।

यसैगरी निर्जीवन बिमा ०.१९ तथा अन्य ०.३३ प्रतिशतले बढ्दा व्यापार समूहको सूचक भने ०.८९ प्रतिशतले ओरालो लाग्यो।

नेप्सेमा बुधबार १५७ कम्पनीको सेयर मूल्य बढ्यो। ९० कम्पनीको सेयरमूल्य घट्दा १३ कम्पनीको भने स्थिर रह्यो।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा सबैभन्दा बढी साल्पा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले कमाए। यी दुवै कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो अर्थात् १० प्रतिशतले बढ्यो। बुधबार साल्पाको अन्तिम कारोबार मूल्य ५३१ रुपैयाँ कायम रहँदा रिलायन्स स्पिनिङ मिल्सको अन्तिम कारोबार मूल्य भने ५१९ रुपैयाँ कायम रह्यो।

सबैभन्दा धेरै कारोबार हुनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड रह्यो। आँखुखोलाको आज २८ करोड ६९ लाख १९ हजार २७५ रुपैयाँको कारोबार भयो। यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँ कायम रह्यो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077