Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सौन्दर्य प्रतियोगिताका नाममा शोषणको आरोप, आयोजक पक्राउ

सौन्दर्य प्रतियोगिताका नाममा शोषणको आरोप, आयोजक पक्राउ

बिहिवार , फाल्गुण १४, २०८२

काठमाडौं । सौन्दर्य प्रतियोगिताका नाममा प्रतिस्पर्धीमाथि दुर्व्यवहार तथा शोषण गर्न खोजेको आरोपमा प्रहरीले एकजना आयोजकलाई पक्राउ गरेको छ ।

‘मिस विभा ब्युटी पिगेन्ट’ का आयोजक चितवनको भरतपुर–२२ घर भएका ४१ वर्षीय उद्धव अधिकारीलाई ललितपुर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।

ललितपुर प्रहरीका अनुसार २२ वर्षीया एक युवतीले दिएको उजुरीका आधारमा अधिकारीलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले दुर्व्यवहारको घटना गत ८ फागुनमा भएको जानकारी दिए ।

उजुरीअनुसार आयोजक अधिकारीले उपाधि दिलाइदिने आश्वासनमा युवतीलाई काठमाडौंको बानेश्वरस्थित कार्यालयमा बोलाएका थिए। त्यहाँ उनले ‘आयोजक तथा विदेशी अतिथिहरूलाई खुशी पार्नुपर्छ’, ‘बेड शेयर गर्नुपर्छ’ तथा ‘नगरकोट घुम्न जाऔँ’ जस्ता प्रस्ताव राखी विभिन्न प्रलोभन दिएको आरोप छ।

त्यसपछि बानेश्वरबाट ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँतर्फ जाँदै गर्दा दुबै पक्षबीच मनमुटाव भएको र सो क्रममा सार्वजनिक स्थलमै हातपात तथा अभद्र व्यवहार भएको उजुरीमा उल्लेख छ।

पीडित युवतीले प्रारम्भमा सामाजिक सञ्जालमार्फत घटनाबारे खुलासा गरेकी थिइन्। त्यसपछि औपचारिक उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077