Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाजा पट्टीमा पुनः आक्रमण, इजरायली हमलामा पाँच जनाको मृत्यु

गाजा पट्टीमा पुनः आक्रमण, इजरायली हमलामा पाँच जनाको मृत्यु

शुक्रवार , फाल्गुण १५, २०८२

एजेन्सी । गाजाको नागरिक सरकारअन्तर्गतको रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु भएको जनाएको छ।

पछिल्लो हमला युद्धविराम लागू भएयताकै श्रृंखलाबद्ध घटनामध्ये एक भएको दाबी गरिएको छ।

गत अक्टोबरमा हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता गत महिना दोस्रो चरणमा प्रवेश गरेको थियो ।

उक्त अवधिमा युद्धबन्दी साटासाट, गाजामा शान्ति संयन्त्र गठनको पहल तथा इजिप्टसँग जोडिएको राफा नाका सञ्चालनमा ल्याउने जस्ता केही प्रगति भएका थिए।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर १० मा युद्धविराम सम्झौता भएयता इजरायलले पटक–पटक सम्झौता उल्लंघन गर्दा आक्रमणमा परेर ६ सय १ जनाको मृत्यु भइसकेको छ।

यता इजरायलले भने युद्धविरामपछिको अवधिमा आफ्ना चार सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। इजरायली पक्षले गाजाबाट हुने सुरक्षा चुनौतीका कारण लक्षित कारबाही जारी राखिएको बताउँदै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077