एजेन्सी । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बद्ध फार्स समाचार एजेन्सीले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका परिवारका केही सदस्य आक्रमणमा मारिएको दाबी गरेको छ ।
फार्सका अनुसार हालै भएको सैन्य आक्रमणका क्रममा खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको छ। एजेन्सीले खामेनीकी एक बुहारी पनि सोही आक्रमणमा ज्यान गुमाएको जनाएको छ।
यसअघि केही अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सञ्चारमाध्यममा खामेनीका ज्वाइँ र बुहारीको मृत्यु भएको रिपोर्ट सार्वजनिक भए पनि पछि ती विवरण खारेज गरिएको फार्सले उल्लेख गरेको छ। अहिले सार्वजनिक गरिएको विवरणलाई भने एजेन्सीले अद्यावधिक सूचनाका रूपमा प्रस्तुत गरेको छ।
तर, इरानी सरकारी अधिकारीहरूले भने खामेनी परिवारका सदस्यहरूको मृत्युबारे औपचारिक पुष्टि गरेका छैनन्। साथै, स्वयं अयातोल्लाह अली खामेनीको अवस्थाबारे फैलिएका विभिन्न दाबीहरू पनि आधिकारिक रूपमा प्रमाणित भएका छैनन्।
मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावबीच आएका यस्ता दाबीहरूले इरानभित्र र बाहिर व्यापक चासो तथा अन्योल सिर्जना गरेको छ।