Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन प्राप्त उपलब्धीको रक्षा र नयाँ सम्भावनाको आवश्यकता: राष्ट्रपति पौडेल

निर्वाचन प्राप्त उपलब्धीको रक्षा र नयाँ सम्भावनाको आवश्यकता: राष्ट्रपति पौडेल

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले देशको विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी निर्वाचनलाई राजनीतिक संक्रमणको जटिल अवस्थाबाट निकास दिने महत्वपूर्ण अवसरका रूपमा चित्रित गरे।

उनले निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ, विश्वसनीय र व्यापक बनाउने ऐतिहासिक अवसर भएको बताए।

राष्ट्रपति पौडेलले भने, 'निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रूपमा हुन गइरहेको छ। यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक र सुदृढ बनाउने अवसर हो। त्यसैले यसलाई सफल बनाउनु हाम्रो साझा दायित्व हो।'

उनले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गरे। विगतका वर्षहरूमा मुलुकले लामो सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको स्मरण गर्दै उनले नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले अघिल्ला पुस्ताले निरङ्कुशताविरुद्ध गरेको बलिदान, सहिदहरूको सपना तथा नवयुवाहरूको सुशासन, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा यस निर्वाचनबाट सम्बोधन हुने विश्वास व्यक्त गरे।

सङ्घीय शासन प्रणाली संस्थागत भई प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरिएको उल्लेख गर्दै उनले सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरिएको बताए।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, महिला तथा विपन्न समुदायका अधिकार सुदृढ गर्न सरकारले पहल सुरु गरेको उनको भनाइ थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077