Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता

खामेनीका छोरा मोज्तबा बने इरानको नयाँ सर्वोच्च नेता

बुधवार , फाल्गुण २०, २०८२

एजेन्सी । इरानका सर्वोच्च नेता अली खामेनीका छोरा मोज्तबा खामेनी देशको नयाँ सर्वोच्च नेता बनेका छन् । उनलाई ८८ जना मौलवीहरूको सभाले सर्वोच्च नेतामा निर्वाचित गरेको हो । 

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको आक्रमणमा बुवा अली खामेनी मारिएपछि यो नयाँ नियुक्ति भएको हो।सुरक्षा संवेदनशीलताका कारण विज्ञ सभाका सदस्यहरूले टाढैबाट मतदान गरेका थिए ।

इजरायलले मंगलबार कोम सहरस्थित विज्ञ सभाको भवनमा हवाई आक्रमण गरी प्रक्रिया रोक्ने प्रयास गरे पनि त्यहाँ कोही उपस्थित नभएकाले मानवीय क्षति भने भएन। भवन भने पूर्ण रूपमा ध्वस्त भएको छ।

यसैबिच, दिवंगत नेता खामेनीको अन्त्येष्टि मशादस्थित इमाम रेजाको दरगाह नजिकै गरिने इरानी सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन्। अन्त्येष्टि पछि मात्र नयाँ नेताको निर्वाचनको औपचारिक घोषणा हुने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077